स्वः बिन्दुदेवी पाण्डे पुरस्कारबाट महिला पत्रकार कुँवर सम्मानित

वीरगञ्ज-स्वः बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीर गन्जका समाचार वाचीका अनिता कुँवर सम्मानित भएकी छन् । स्वः पाण्डेको ५ औ वार्षिक पुण्य तिथिमा आयोजित महिला पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि एवं प्रदेश नम्बर २ का ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरी लागिपर्ने बताउनुभयो ।

उहाँले पत्रकारको हितको पक्षमा प्रदेश सरकार रहेको र प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको कार्यालयलाई बिद्युत् महसुल मुक्त गराउने योजना ल्याउने पनि बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका दीपेन्द्र चौहान, केसी लामिछाने, श्याम बन्जारा, अनुप तिवारी, बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्धिबेदी, पत्रकार सरोज खडका लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

बिन्दुदेवी प्रतिष्ठानको अध्यक्ष तुलसी भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन माधुरी महतोले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​