कोरोना लागेपछि ‘कटप्पा’अस्पताल भर्ना

बाहुबली फिल्मबाट चर्चामा आएका ‘कटप्पा’ अर्थात् कलाकार सत्यराज कोरोना संक्रमित भएका छन्।

पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कटप्पालाई चलचित्र छायांकनको क्रममा कोरोना संक्रमण देखिएको थियो ।

घरमै आसाम गरिरहेका उनको स्वास्थ्य अवस्था थप बिग्रदै गएपछि अस्पताल भर्ना गरिएको हो ।

हाल उनको अस्पतालमा उपचार जारी छ । अस्पतालले कुनै औपचारिक जानकारी गराएको छैन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​