बारामा एक ७ बर्षीय बालिका मृत फेला

वीरगंज -बारामा एक बालिका मृत फेला परेकी छन । जिल्लाको कोतवाल गाउँपालिका वडा नम्बर ७ कोतवाली बस्ने मोतिलाल साहको ७ बर्षीय छोरी रुपमाला कुमारी साह मृत फेला परेकी प्रहरीले जनाएको छ ।

जमुनी नदीको किनारमा रहेको छठ घाटमा उनलाई स्थानीयले मृत हेरेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवको मुचुल्का उठाई परिक्षणको लागि जिल्ला अस्पताल कलैयामा पठाएको छ ।

मृतक रुपमाला आईतबार देखि हराई रहेको थिईन । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​