बचत तथा ऋण सहकारी संघको साधारणसभा सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्सा बीरगंजको १४ औ वाषिर्क साधारणसभा आज सम्पन्न भएको छ ।

संघका अध्यक्ष राजेश पण्डितको सभापतित्व तथा बीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटन गदै नगर प्रमुख सरावगीले संघको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । बीरगंजमा रहेको एलानी जग्गा हेर्न र भाडामा दिन आफू तयार रहेको नगर प्रमुख सरावगीले बताउनुभयो ।

बीरगंज महानगरपालिकाले ५०० महिलाहरु सम्मिलित बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर ३२ वटै वडाका विपन्न गरिवहरुका लागि कृषि र बहुउद्देश्यीयमा लगानी गर्ने योजना रहेको नगर प्रमुख सरावगीले बताउनुभयो । बीरगंज राजधानी भएको खण्डमा सहकारी र यहाँका जनतालाई फाइदा नै हुने तर हामीले भनेर केही नहुने समेत उहाँले बताउनुभयो ।

साधारणसभामा नेफ्स्कुन संचालक सदस्य हरेराम पटेल ,जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार शम्भु गुप्ता ,बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर , नेफ्स्कुन फिल्ड संयोजक ब्रृजेश गुप्ता,राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,चन्देश्वर चौरसिया लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारीले राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका महासचिव जिष्णु बरालले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​