प्रदेश दुईमा खोप लगाउनेको संख्या ४३ प्रतिशत पुग्यो

प्रदेश नंं २ मा कोरोना संक्रमण हुनबाट जोगिनका लागि कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ४३ प्रतिशत पुगेको छ । यसै गरी ५१ प्रतिशतले कोरोनाका पहिलो डोज लगाएको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

अहिले कोरोना विरुद्धको खोप अभियान प्रदेश नंं २ को ८ वटै जिल्लको १ सय ३६ पालिकामा निरन्तर रुपमा भइरहेको छ । पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेर गएको छ ।

अहिले विभिन्न खोप केन्द्रहरूमा कोरोना विरुद्धको खोप लिनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पटक देखा परेको कोरोनाका नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण भेटिन थालेपछि सर्वसाधारणमा खोप लिनु पर्ने मान्यताको विकास हुन थालेको छ ।

कोरोना विरुद्धको खोप कार्यक्रम निरन्तर रुपमा चलिरहने भएको छ । तर १२ वर्ष देखि १७ वर्षका बालबालिकाका लागि लगाउने खोप सकिएको छ । खोप लिनका लागि पुग्ने बालबालिकालाई फर्काउनु परेको विभिन्न खोप केन्द्रमा खटिएका कर्मचारीहरूले जनाउनु भएको छ ।

खोपको व्यवस्थापनका लागि प्रयास भइरहेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिले विद्यालयहरू बन्द भएकाले बालबालिकाका लागि खोप उपलब्ध गराएको खण्डमा विद्यार्थीहरू अभिभावकहरूसँग खोप केन्द्रमा पुगेर खोल लिन सहज हुने शिक्षक मोदनारायण राउतले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​