जसपा पर्साको पोखरियामा नगर स्तरीय युवा कमिटि गठन

पर्साको पोखरिया नगरपालिकामा नगर स्तरीय जनता समाजवादीको युवा कमिटि गठन गरिएको छ ।

समिर आलमको अध्यक्षतामा गठित कमिटिको उपाध्यक्षमा रोहित मियाँ , सचिवमा सह्जाद आलम , उपसचिवमा अनिल राम र कोषाध्यक्षमा संजिव कुमार गुप्ता रहनु भएको छ ।

पार्टीमा युवाहरुको सहभागिता बढाउने हेतु युवाहरुको सक्रियतामा युवा समिति गठन गरिएको अध्यक्ष समिर आलमले बताउनुभयो ।

जसपा जिल्ला अध्यक्ष रामनरेश यादव,पोखरिया नगरपालिकाकी उपमेयर सालमा खातुन , विन्दबासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदी , मधेश प्रदेश समिति सदस्य गौरिसंकर साहको उपस्तिथीमा कमिटि गठन गरिएको हो ।

सो अवसरमा शिवनाथ साह तेली , रामदास सह कानु , लक्ष्मण कुमार , टुनु तिवारी शनि यादव लगायत स्थानीय बिद्धिजीबी , जसपाका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​