ढिलो चाडो नेपाल राजसंस्था सहितको हिन्दू राज्य कायम हुन्छ – राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ढिलो चाडो नेपाल राजसंस्था सहितको हिन्दू राज्य कायम हुने बताउनु भएको छ ।

रेडियो सान्भीको अन्र्तवार्तामूलक कार्यक्रम सवालजवाफका कुराकानी गर्दै अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराज्यको मुद्दा नछाडेको स्पष्ट पार्दै ढिलो चाडो नेपाल राजसंस्था सहितको हिन्दू राज्य कायम भएरै छाड्ने बताउनु भएको हो ।

सबैतीर निराशा रहेको र देश गम्भिर मोडमा आईसकेको अवस्थामा राजनीतिकदलका नेताहरुले देशलाई जनचाहाना अनुसार अघि बढाउन नसकेकाले जनचाहाना अनुसार नेपाल राजसंस्था सहितको हिन्दू राज्य पुनः कायम हुने विश्वास उहँाँले गर्नु भयो ।

राप्रपाले अझ बलियो र सशक्त रुपमा मुद्दाको उठान गरी लक्ष्यसम्म पुर्‍याएरै छाड्ने उहाँको दाबी छ । राप्रपा नेपाल र जनताको ब्चि केही भ्रम सृजना भएकाले राप्रपा नेपालको बारेमा जनतामा केही नकारात्मक धारणा रहेको तर अहिले त्यो भ्रमलाई चिर्ने कार्यमा राप्रपा नेपाल लागी सकेको उहाँले बताउनु भयो ।

राप्रपा नेपालको केन्दीय समिति समावेशी बनाउने र सबै क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने दाबी गर्नुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​