नेपालगन्ज नाकामा अहिलेसम्मकै उच्च सङ्ख्यामा कोभिड पुष्टि

बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा अहिलेसम्मकै उच्च सङ्ख्यामा कोभिड पुष्टि भएको छ । पुस १९ गते यता बढ्दै गएको कोभिड संक्रमण अहिलेसम्मकै उच्च सङ्ख्यामा देखिएको हो । पुस १९ अघि शून्य हुने गरेको सङ्ख्या पछिल्ला दिनमा बढ्ने क्रममा छ । भारतबाट नेपाल भित्रिएका ३२९ जना मध्ये हिजो ४७ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार जमुनाहा नाकामा ३२९ जनाको कोभिड परिक्षण गर्दा ३८ जना पुरुष र ९ जना महिलासहित ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि नाकामा चेकजाँचका क्रममा सङ्क्रमितको सङ्ख्या शून्य हुने गरेकोमा पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना, पुस २५ गते ३९ जना, पुस २६ गते ३७ जना र २७ गते ३७ जना र २८ गते २७ जनामा संक्रमण देखिएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​