भोलि वीरगन्जमा मनाईने माघिको सम्पूर्ण तयारी पूरा

नयाँ थारू समुदायको वर्ष शनिबार आर्दशनगरको स्विमिङ्गपुल भब्य मनाउने तयारी पुरा भएको छ।

थारू सम्वत २६४६ अौ तथा खिचडी( माघी) मुल समारोह समिति पर्साले आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमार्फत थारू कल्याणकारी समितिका केन्द्रीय पाषद नन्दकिशोर पंजियाले जानकारी दिनुभएको छ।

थारू समुदायको पहिचान झल्कने विभिन्न परिकार र सास्कृतिककार्यक्रम तथा रक्तदान समेत गरिने कार्यक्रम रहेको पन्जियारले बताए । नयाँ वर्षको रुपमा थारू समुदायले शनिबार नुहाएर मसुरको दाल तेल लगायत परिकारहरु दान गरेर बिगतका दिनहरुमा गरिएका गल्ती सचाउने मानेता रहेकोले जुन १२ वटा ग्रह छ त्यो शान्त हुने विश्वास रहदै आइरहेको छ।

सरकारले अहिले थारू आयोग गठन गरेको भए पनि त्यो आयोगले खासै काम नगरेको केवल देखावटी मात्र भएको पंजियारले आरोप लगाएका छन् ।थारू समुदायको मुख्य गरेर राज्यको हरेक निकायमा समानुपातिक समाबेशीको आधारमा प्रतिनिधित्व हुनुपर्ने हाम्रो माग रहेको पत्रकार सम्मेलनमा पंजियारले बताएका हुन ।

कार्यक्रममा थारू सास्कृतिक घाटो,सामाचकेवा,झम्टा,थारू पुर्वी नाच,थारू डान्स,घोङ्गी,कैकरा,माछा,परेवा,हांस,कुखुरा,चिचर,लाई,तिल,सेल लगायत परिकारहरु राखिने प्रचारप्रसार संयोजक श्रीमती बिजया ओझैयाले बताइन् ।

अहिले कोरोनाको महामारीको बेलामा स्वास्थ्य मापदण्डअनुसार कार्यक्रम गरिने र सबैले माक्र्स सेनिटाइजर र सामाजिक दुरि कायम गरेर कार्यक्रम सफल बनाउने योजना रहेको ओझैयाले बताइन् ।

माघी खिचडी मुल समारोह समिति पर्साका संयोजक रामसुन्दर चौधरीको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो।पत्रकार सम्मेलनमा सहसंयोजक शेखर चौधरी ,आर्थिक संयोजक परमानन्द चौधरी,नागरिक समाज बारा पर्सा रौतहट मेलमिलाप संयोजक मनोज चौधरी,फोनिज प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर ,अधिवक्ता अमय दास थारू लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रमको सहजिकरण पुनम चौधरीले गरेकी थिइन्

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​