होटल ब्यवसायीद्वारा कर छुटको माग गदै नगरप्रमुखलाई बुझाए ज्ञापनपत्र

होटल ब्यवसायीहरुले करको छुट माग गदै नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् ।

होटल ब्यवसायी संघले आज बीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघका अध्यक्ष दिपकमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।

कोरोना महामारीले २ वर्ष देखि सबैभन्दा धेरै मार होटल ब्यवसायीहरुलाई परेको भन्दै सम्पत्ति कर र ब्यवसायी कर छुट हुनुपर्ने माग आफुहरुको रहेको महासचिव तवरेज आलमले बताउनु भयो ।

अहिले पनि कोरोनाको तेस्रो लहर आइरहेकोले आफुहरु मारमा पर्न लागेकाले महानगरपालिकाले यस बिषयमा उचित ध्यानदिन समेत माग गरेको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​