वीरगञ्जको स्वीमिङपुलमा मनाउने तयारी गरीएको माघी अन्तिम समयमा आएर स्थगित

आदिवासी थारु समुदायले सधै जस्तै यस बर्षपनि माघी २६४६ औं सम्वत मनाउने तयारी गरेपनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेका छन् ।

माघी पर्व मूल समारोह समितिका कार्यक्रम संयोजक रामसुन्दर चौधरीले शुक्रबार साँझ स्थानीय प्रशासनले कार्यक्रम नगर्न निर्देशन दिएपछि सबै तयारी गरिएको भएपनि कार्यक्रकम स्थगित गर्नु परेको बताउनु भयो ।

रेडियो सान्भीसंग कुरा गदै कार्यक्रम संयोजक चौधरीले पहिले सुरक्षा मापदण्ड पूरा गर्दै कार्यक्रम गर्न भनिएकाले तयारी गरेको तर शुक्रबार साँझ कोरोना संक्रमण बढेको जनाउदै कार्यक्रम नगर्न स्थानीय प्रशासनले निर्देशन दिएको बताउनु भयो ।

वीरगञ्ज स्थित थारु छात्रावासमा केही व्यक्तिहरु उपस्थित भएर शुभकामना आदानप्रदान कार्यक्रम गरिने कार्यक्रम संयोजक चौधरीले बताउनु भयो । शुक्रबार पत्रकार सम्मेलन गरेर माघी पर्व मूल समारोह समिति पर्साले वीरगञ्जको स्वीमिङपुलमा माघ १ गते मनाईने माघीको सम्पूणर् तयारी पूरा भएको जानकारी गराएको थियो ।

पत्रकार सम्मेलनमा माघी पर्व मूल समारोह समितिका कार्यक्रम संयोजक चौधरीले यस वर्ष विगतको भन्दा केही फरक तरिकाले माघी मनाउने तयारी भएको जनाउनु भएको थियो । माघी पर्वको अवसरमा रक्तदान कार्यक्रम, थारु समुदायमा प्रचलित खानाका परिकारहरुको समेत पर्वमा राखिने जानकारी गराईएको थियो कार्यक्रम स्थगित गरिएकाले रक्तदान कार्यक्रम पनि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​