अफगानिस्तानमा महिला अधिकारकर्मी बेपत्ता भएको बारे बोल्यो तालिबान : ‘हामीले अपहरण गरेका छैनौँ

अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिबानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिबानले नै महिला अधिकारकर्मीलाई बेपत्ता पारेको आराेपको खण्डन गर्दै तालिबानले आफूले कुनै पनि महिलालाई अपहरण नगरेको प्रष्ट पारेको हो ।

अफगानिस्तानका सूचना तथा सांस्कृतिक मामिला मन्त्री जबीहुल्लाह मुजाहिदले महिला हननको आरोप आधारहीन भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका महिला अधिकारकर्मीले यसै हप्ता नर्बेको राजधानी ओस्लोमा तालिबानको राजनीतिक प्रतिनिधिमडलसँग भेटघाट गरेको थियो । अधिकारकर्मीले अफगानिस्तानमा महिला सुरक्षा कायम गर्न समेत अपिल गरेको थियो ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिला अधिकार हननकाे विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​