इन्डोनेशियाको बारमा भिडन्त र आगलागी, कम्तीमा १९ जनाको मृत्यु

इन्डोनेशियाको एक बारमा युवाका दुई समूहबीचको विवादले उग्र रुप लिएपछि आगो लगाइँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

वेस्ट पपुवामा रहेको बारमा युवाहरुको समूहबीच झडप भएको हो । त्यसपछि बारमा आलो लगाइएको र घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार भएको भिडन्तको सुरुमा एक युवालाई चक्कु प्रहार गरी मारिएको थियो । त्यसपछि आगलागी गरिएको र बारमा फसकेका अरु १८ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​