मस्क ५ रुपैया भन्दा बढी बेच्नेलाई कारवाही गर्ने -जिल्ला प्रसाशन कार्यालय पर्साको चेतावनी

सर्जिकल मास्क ५ रुपैया भन्दा महङ्गो बेचिएको पाए कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावानी दिएको छ ।

बजारमा ५ मास्क अहिले १० रुपैयामा बिक्रि भईरहेको छ,यसै सम्बन्धमा सहकर्मी बिशाल यादव जिल्ला प्रसाशन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिकान्त पौडेल संग भेटि तपाइँहरुले बजार अनुगमन गर्नुभएन भनेर सोध्दा उहाले बजार अनुगमन गर्ने र त्यस्ता भेटियो भने कारवाही गर्ने चेतावनी दिनुभयो ।

जिल्ला प्रसाशन कार्यालय पर्साले जारि गरेको नियमको पालना भएको देखिएको छैन । बजारमा पनि सबैले मास्क लगाएको देखिदैन , अहिले प्रहरी समेत खासै चासो नदिएको वीरगंज बासी बताएका छन ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​