मोटरसाईकल दुर्घटनामा परी दूजु भाईको ज्यान गयो

भारतीय नम्बर प्लेटको कारको ठक्करबाट बारामा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार राति साढे ८ बजेतिर बी आर ०५ ए आर ५१५१ नम्बरको कारले ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा भएको दुर्घटनामा कलैया उपमहानगरपालिका–५ निवासी सितल साह र नरेश साहको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । कारमा सवार तीनजनालाई नियन्त्रणमा लिईएका घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​