राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​