पर्साका नव निर्वाचित पालिका प्रमुखहरुद्वारा सफथ ग्रहण

श्रीनारायण महत्तो
वीरगंज -गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएका पर्साका पालिका प्रमुखहरुको आज सफथ ग्रहण गरेका छन । मत गणना सम्पन्न भईसके पर्साका १३ पालिकाका नव निर्वाचित प्रमुखहरुको आज सोमबार जिल्ला समन्वय समिति पर्साको सभा कक्षमा सफथ ग्रहण गरेका छन ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले नव निर्वाचित पालिका प्रमुखहरुलाई सफथ ग्रहण गराउनुभएको छ । सो अवसरमा पर्साका वीरगंज महानगरपालिका बाहेक १३ वटा पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारि , नेपाल प्रहरीका प्रहरी उपरीक्षक , सशस्त्र प्रहरीका उपरीक्षक , नेपालीका पर्साका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

पर्सामा १ महानगरपालिका , ३ निगरपालिका र १० गाउँपालिका रहेको छ । वीरगंज महानगर बाहेक बाकि १३ पालिकाको मत परिणाम सार्वजनिक भईसेको छ र अन्तिम मत परिणाम अनुसार पर्सामा एमाले ५ पालिकाको प्रमुखमा निर्वाचित भएको छ भने काङ्ग्रेसले ४ पालिकाको प्रमुखमा निर्वाचित भएको छ ।

त्यसैगरी जनता समाजबादी पार्टीले ३ पालिकाका प्रमुख जितेको छ भने लोकतान्त्रिक पार्टीले एउटा पालिकाको प्रमुखमा विजयी प्राप्त गरेको छ । अहिले वीरगंज महानगरको मत गणना जारि रहेको छ । वीरगंज महानगरमा सता गठबन्धनका मेयरका उम्मेदवार राजेशमान सिंह र उपमेयरका उम्मेदवार ईम्तियाज आलमको जित निश्चित भईसेको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​